Aafno Khabar

हजारकाे नाेटमा जुम्ल्याहा हात्ती राम लक्ष्मण, आजदेखि चलनचल्तीमा

  • आफ्नो खबर
  • July 22, 2020 प्रकाशित

काठमाण्डौ – नेपाल राष्ट्र बैंकले बुधबारदेखि एक हजार रुपैयाँको नयाँ नोट चलनचल्तीमा ल्याएको छ । नयाँ नोटमा चितवनको हात्तीसारमा जन्मिएका जुम्ल्याहा हात्ती राम लक्ष्मणको चित्र राखिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

नोटमा साबिकको हात्तीको तस्बीरभन्दा नयाँ हात्तीको तस्बीर राख्न लागिएको हो । बैंकको सूचनामा भनिएको छ, ‘नोटको मध्यभागमा चितवनको हात्तीसारमा रहेको देवकलीबाट जन्मेका राम लक्ष्मण भनेर चिनिएको २ वटा हात्तीको फोटो हुनेछ ।’

यही साउन ७ गतेदेखि चलनचल्तीमा ल्याइने नोटको बायाँतर्फ सगरमाथाको चित्र रहनेछ । नयाँ नोटमा राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरञ्जीवी नेपालको हस्ताक्षर हुनेछ ।