Aafno Khabar

प्रचण्डकी नातिनीकाे ‘मायालु तिमी कता छाै- २’ मा स्वस्तिमा र पल (भिडिओ)

  • July 16, 2020 प्रकाशित

‘मायालु तिमी कता छाै – २ (सिरिरी सिरिरी)’ सार्वजनिक भएको छ । स्मिता दाहाल र राजनराज शिवाकोटीको स्वर रहेको गीतमा कलाकार पल शाह र स्वस्तिमा खड्काको अभिनय रहेको छ । स्मिता नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)की नातिनी हुन् ।

गीतको शब्द प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले लेखेका हुन् । संगीत गायक शिवाकोटीले नै दिएका छन् ।

विक्रम स्वारको कोरियोग्राफी रहेको म्युजिक भिडियोकाे छायांकन नवराज उप्रेतीले गरेका हुन् । भिडिओको निर्देशन सरोज ओलीले गरेका हुन् ।