Aafno Khabar

प्रधानमन्त्री ओलीकाे स्वीस बैंकमा कराेडाैं रकम रहेकाे भन्ने रिपाेर्ट शतप्रतिशत गलत र कपोलकल्पित : सूर्य थापा

  • July 15, 2020 प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले ‘ग्लोबल वाच एनालाइसिस’को हवाला दिएर प्रकाशित समाचार गैरजिम्मेवारपूर्ण र बदनियताका साथ प्रकाशित भएको दाबी गर्नुभएकाे छ ।

उहाँले प्रधानमन्त्री ओलीको स्वीस बैंकमा खाता र ५‍.५ मिलियन अमेरिकी डलर जम्मा रहेको रिपोर्ट शतप्रतिशत गलत र कपोलकल्पित रहेको पनि बताउनुभएकाे छ । उहाँले भन्नुभएकाे छ, ‘प्रधानमन्त्रीले राष्ट्रको नेतृत्व सम्हालिरहनु भएको निकै संवेदनशील वेलामा बदनाम गराउन यस किसिमले सुनियोजित षडयन्त्र गर्ने अनेकन् तत्व रहेको प्रष्ट नै छ ।’

ग्लाेबाल वाच एनालाइसिसकाे रिपाेर्ट आधार मानेर यसअघि विभिन्न सञ्चारमाध्यमले प्रधानमन्त्री ओलीको स्वीस बैंकमा खाता र ५‍.५ मिलियन अमेरिकी डलर जम्मा रहेको उल्लेख गरेका थिए ।