Aafno Khabar

पार्टी निर्णयविरूद्ध सरिता गिरीद्वारा सर्वोच्चमा रिट

  • July 12, 2020 प्रकाशित

काठमाडाैं । तत्कालिन समाजवादी पार्टीबाट कारवाहीमा पर्नुभएकी सरिता गिरीले सर्वोच्च अदालतमा रिट दिनुभएकाे छ । पार्टीले अन्यायपूर्वक हटाएकाे भन्दै उहाँले पार्टीकाे विरुद्धमा रिट दायर गर्नुभएकाे हाे ।

पार्टीको अनुशासन तथा ह्वीप उल्लङ्घन गरेको भन्दै पार्टीले उनीसँग स्पष्टीकरण मागेको थियो । तर उहाँले सन्तोषजनक जवाफ नदिएपछि सदस्य तथा संसद पदबाट समेत बर्खास्त गरी पार्टीले कारवाही गरेको थियो ।

लिपुलेक, लिम्पियाधुरा समेटिएको नेपालको नक्सासहितको निसान छाप बदल्नका लागि भएको संविधान संशोधनमा गिरीले पार्टी ह्विप उल्लंघन गर्नुभएकाे थियाे । आफूमाथि कारवाही गरेको निर्णय नै अवैधानिक रहेको उहाँको जिकिर छ ।