इटालियन सिरी ए फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा युभेन्टस एट्लान्टासँग २–२ को बराबरीमा राेकिएकाे छ । राेनाल्डाेले पेनाल्टीमार्फत गरेकाे गाेलले युभेन्टस हारबाट जाेगिएकाे हाे ।
घरेलु मैदानमा भएको खेलमा रोनाल्डोले पेनाल्टीमार्फत २ गाेल गरेका हुन् । एट्लान्टाका लागि जापाटा र मालिनोभ्स्कीले एक-एक गोल गरेका हुन् ।
खेलको १६ औँ मिनेटमा जापाटाको गोलबाट एटलान्टाले घरेलु टोलीविरुद्ध अग्रता बनाएको थियो ।
पहिलो हाफमा १–० ले पछि परेको युभेन्टसले खेलकाे ५५ मिनेटमा खेल बराबरीमा ल्याउन सफल भयाे । एटलान्टाका डिफेन्डर मार्टिन डि रुमले पेनाल्टी बक्समा ह्यान्ड गरेपछि पाएकाे पेनाल्टी राेनाल्डाेले गाेलमा परिणत गरे ।
मालिनोभ्स्कीले ८० औँ मिनेटमा गाेल गरी एटलान्टालाई खेलमा पुनः २–१ को अग्रता दिलाए । ९० औँ मिनेटमा पुन: युभेन्टसले पेनाल्टीकाे अवसर पायाे र खेल बराबरीमा राेकियाे । बराबरीपछि शीर्ष स्थानको युभेन्टसको ३२ खेलबाट ७६ अंक भएको छ ।