Aafno Khabar

प्रधानमन्त्री ओलीको राष्ट्रियता मुद्दा कागजी बाघ मात्र : वरिष्ठ नेता पौडेल

  • July 11, 2020 प्रकाशित

काठमाडाैं ।  नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान प्रधानमन्त्री केपी ओलीको राष्ट्रियताको नारा कागजी बाघ मात्र भएको बताउनु भएकाे छ ।

गण्डकी प्रदेशका कांग्रेस नेता कार्यकर्ताहरुसंगको अर्चुअल बैठकमा नेता पौडेलले ओलीले राष्ट्रियताको मुद्दालाई ओलीले कागजी बाघ मात्र बनाएको बताउनुभयाे । उहाँले प्रधानमन्त्री ओलीले राष्ट्रियतालाई कागजी बाघ बनाएकाले नेपाली भूमी फिर्ता गर्न नसक्ने पनि बताउनुभयाे । उहाँले वार्ता गर्ने बेलामा गाली गलौजमा उत्रिएर भारतसँगको वार्ताको वातावरण पनि बिगारेको आरोप लगाउनुभयाे ।

वरिष्ठ नेता पौडेलले कम्युनिष्टहरुको राष्ट्रियता मात्र नभएर समाजवाद पनि कागजी बाघ भएको बताउनुभयाे । उहाँले कम्युनिष्टहरुले भन्ने समाजवाद, समानता तर काम भने भ्रष्टाचार गरेर नयाँ वर्ग जन्माउने गरेको बताउनुभयाे । पौडेलले गरिबी, अशिक्षा, तथा महामारी रोक्न कम्युनिष्ट सरकार असफल भएको पनि बताउनुभयाे । कम्युनिष्टहरुले जनतालाई झुक्याउने अनि सत्ता हत्याउने जालझेल भन्दा अरु कुनै काम गर्ने ढंग नभएको पौडेलको भनाइ थियो ।

पौडेलले कांग्रेसको १४ औं महाधिवेशन फागुनमा हुँदैन कि भन्ने शंका नगर्न आम नेता कार्यकर्तालाई आग्रह गर्नुभयाे । उहाँले क्रियाशील सदस्य वितरण गरेको २ महिनामा सबै स्थानीय अधिवेशन सम्पन्न हुने पनि स्पष्ट पार्नुभयाे ।