हलिउड अभिनेत्री नाया रिभेरा अमेरिकाको क्यालिफोर्नियास्थित एक तालमा बेपत्ता भएकी छिन् । ३३ वर्षीया रिभेरा दक्षिणी क्यालिफोर्नियाको एक तालमा गएकी थिइन् । उनका छोरा एक्लै भेटिएका छन् र रिभेरा बेपत्ता छिन् । उनको खोजी कार्य भइरहेको छ ।
सीएनएनका अनुसार भेन्टुरा काउन्टीको लेक पिरुबाट बुधबार बेलुकीदेखि रिभेरा हराइरहेकी छिन् । उनी तालमा डुबेको हुन सक्ने आशंका गरिएको छ । बुधबार दिउँसो रिभेरा भाडामा लिइएको डुंगा लिएर तालमा गएकी थिइन् ।