Aafno Khabar

भारतीय अभिनेता सुशिल गौडा मृत फेला, आत्महत्या गरेको आशंका

  • July 9, 2020 प्रकाशित

भारतको कन्नड भाषाका टेलिभिजन तथा सिने अभिनेता सुशिल गौडा मृत फेला परेका छन् । आफ्नाे घरमा मृत भेटिएका गौडाले आत्महत्या गरेको अनुमान गरिएको छ ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार प्रहरीले उनको मृत्युका बारेमा अनुसन्धान गरिरहेको छ । अहिलेसम्म उनको मृत्युको कारण तत्काल थाहा हुनसकेको छैन ।

फिटनेस ट्रेनरसमेत रहेका गौडाले एक टिभी सिरियलमा काम गरेका थिए भने उनी अभिनमित ‘सालागा’ नामक सिनेमा रिलिजको क्रममा रहेको छ ।