स्पेनिस ला लिगामा बार्सिलोनाले रियल मड्रिडसँगकाे अंक दूरी घटाएकाे छ । बुधबार राति भएको खेलमा बार्सिलोनाले स्पान्याेलमाथि एक शून्यकाे कठिन जित निकालेकाे हाे । जितपछि बार्सिलोनाले शीर्ष स्थानकाे रियल मड्रिडसँगको दूरी एक अंकमा झारेको छ ।
बार्सिलाेनाकाे घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा पहिलो हाफ गोलरहित बराबरी खेलेको बार्सिलोनाले ५६ औं मिनेटमा अग्रता बनायो । बार्सिलोनाका लागि लुइस स्वारेजले एक मात्र गाेल गरे ।
यो जितपछि बार्सिलोनाले ३५ खेलमा ७६ अंक बनाएको छ । शीर्ष स्थानमा रहेको रियलको ३४ खेलमा ७७ अंक छ ।
यो सिजनमा रेलिगेसनमा पर्ने स्पान्याेल पहिलो टिम बनेको छ । उसले अहिलेसम्म खेलेका ३५ खेलमा मात्र ५ खेलमा जित निकालेको छ भने ९ खेल बराबरी र २१ खेलमा हार ब्यहोरेको छ ।