काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल सुरु भएको छ ।
बुधबार अपरान्ह प्रधानमन्त्री ओलीसँग छलफल गर्न प्रचण्ड प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुग्नुभएकाे हाे । अहिले २ अध्यक्षबीच वार्ता सुरु भएको स्रोतले बताएको छ ।
नेकपाभित्र जारी विवाद समाधानको लागि २ अध्यक्षबीच छलफल र वार्ताका प्रयास भइरहेको छ ।
यसअघि मंगलबार भएको २ अध्यक्षको भेटमा छलफल जारी राख्ने र स्थायी समिति बैठक सुरू गर्ने भनिएको थियो । तर बुधबार बस्ने भनिएको स्थायी समिति बैठक असार २६ गतेसम्मका लागि स्थगित भइसकेकाे छ ।