Aafno Khabar

संघीय संसदका दुवै सदनको अधिवेशन अन्त्य

  • July 2, 2020 प्रकाशित

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदका दुवै सदन (प्रतिनिधि र राष्ट्रियसभा) को चालु अधिवेशन अन्त्य गर्नुभएकाे छ ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले बिहीबार साँझ ५ बजेदेखि संघीय संसदका दुवै सदनको अधिवेशन अन्त्य गर्नुभएकाे हाे । संसद अधिवेशन अन्त्यको पत्र राष्ट्रपति कार्यालयले संघीय संसद सचिवालयमा पठाएको छ ।

यसअघि बिहीबार मध्यान्ह बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसदको दुवै सदनमो अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।