काठमाडौं । कोरोना बीमा स्गगित गर्न बीमा समितिले सबै बीमा कम्पनीहरुलाई पत्राचार गरेको छ । योसँगै भोलिबाट कोरोना बीमा औपचारिक रुपमा बन्द भएको छ ।
बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले आज सबै कम्पनीहरुलाई आन्तरिक निर्देशन दिँदै बीमक संघको पत्रको आधारमा कोरोना बीमा स्थगित गर्न निर्देशन दिनुभएको हो ।
बीमा समितिले यही जेठ २३ गतेदेखि नै लागू हुने गरी कोरोना बीमा स्थगित गर्न निर्देशन दिएको छ । हालसम्म करिब तीन लाख जनताको कोरोना बीमा गरिसकेको अवस्थामा स्थगित गर्ने निर्णय गरिएको हो । बीमा गरिसकेकाको दायित्व वहन गर्ने गरी थप बीमा नगर्ने निर्णय भएको जनाइएको छ ।
बीमा समितिले सरकारले समेत बीमा गर्ने भन्दै बजेट बक्तव्यमा व्यवस्था गरेको तथा कम्पनीहरुले दायित्व धान्न सक्ने अवस्था नरहेकाले कोरोना बीमा केही समयको लागि स्थगित गर्नु परेको जनाएको छ ।