काठमाडौं । लकडाउन केहि खुकुलो भएसँगै खुलेको शेयर वजार आजदेखि फेरि बन्द भएको छ । कोरोनाको संक्रमण फैलन थालेपछि शेयर बजार बिहीबारदेखि पुनः बन्द भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
नेपाल धितोपत्र बोर्डले शेयर बजार बन्द गर्न निर्देशन दिएसँगै नेपाल स्टक एक्सचेन्जले पुनः शेयर कारोबार बन्द गरेको हो ।
एक्सचेन्जले सूचना जारी गरेर लकडाउन अवधिभर अर्थात जेठ ५ गते सम्म पुनः शेयर कारोबार बन्द गर्ने जानकारी दिएको छ । सरकारले विभिन्न ४२ प्रकारका उद्योगहरु सञ्चालन गर्न निर्देशन दिएसँगै नेप्सेले मंगलबारदेखि दिनको दुई घण्टाका लागि बढीमा २ प्रतिशतसम्म उतारचढाव हुने गरी कारोबार खुल्ला गरेको थियो ।
मंगलबार र बुधबार कारोबार भयो । कारोबार भएका दुवै दिन नेप्से नकारात्मक सर्किट लागेर र्निधारीत समय अघि नै बन्द भएको थियो ।
सरकारले फेरि बिहीबारदेखि लकडाउनमा कडाई गरेपछि नेप्सेले पनि लगानीकर्ताको स्वास्थ्यलाई ध्यान दिई कारोबार बन्द गरेको हो । दई दिनसम्म कारोबार हुुँदा नेप्से करिब ५० अंकले घटेर १ हजार २ सय १ अंकमा बन्द भएको छ ।