Aafno Khabar

बिहीबारबाट फेरी बन्द हुँदैछन बैंक तथा वित्तीय संस्था

  • May 13, 2020 प्रकाशित

काठमाडौं । मन्त्रिपरिषदको निर्णयपछि खुल्न थालेका बैंक तथा वित्तीय संस्थाका कार्यालय बिहीबारदेखि फेरि बन्द हुने भएका छन् । नेपाल राष्ट्र बैंकले बैंकलाई सीमित शाखा कार्यालयमात्रै खोल्न निर्देशन दिएको छ ।

आइतबारदेखि बैंकहरुले सबै शाखा कार्यालय खोलेर सेवा दिन थालेका थिए । बैंकका कारण पनि सडकमा भीडभाड बढेको गुनासो आएपछि राष्ट्र बैंकले सबै शाखा कार्यालयहरु नखोल्न बैंकहरुलाई निर्देशन दिएको छ ।

वाणिज्य बैंकका सीईओहरुको संगठन नेपाल बैंकर्स संघले पनि भोलिबाट सबै शाखा कार्यालयहरु नखोल्ने निर्णय गरेको छ । संघका कार्यकारी निर्देशक अनिल शर्माले आवश्यकता अनुसार थोरै कर्मचारी राखेर केही शाखाबाट मात्रै सेवा दिने मौखिक निर्णय भएको जानकारी दिनुभयो ।