काठमाडौं । विश्वभर कोरोना संक्रमित निको हुनेको सङ्ख्या ८ लाख ७८ हजार ८ सय २८ पुगेको छ । २९ लाख ९४ हजार धेरै मानिस कोरोनाबाट संक्रमित भएका छन् भने २ लाख ७ हजार मानिसको ज्यान गएको छ ।
कोरोनाबाट धेरै संक्रमित भएको अमेरिकामा ९ लाख ८७ हजार मानिस संक्रमित हुँदा ५५ हजार ४ सय १३ जनाको ज्यान गएको छ ।
स्पेनमा २ लाख २६ हजार संक्रमित हुँदा २३ हजार १ सय ९० जनाको ज्यान गएको छ । इटलीमा भने पछिल्ला केही दिनमा संक्रमित र ज्यान जानेको हुनेको सङ्ख्यामा केही कमी आएको छ ।
इटलीमा हालसम्म १ लाख ९७ हजार संक्रमित हुँदा २६ हजार ६ सय ४४ जनाको ज्यान गएको छ । बेलायतमा १ लाख ५२ हजार मानिस कोरोनाबाट संक्रमित हुँदा २० हजार ७ सय ३२ जनाको ज्यान गएको छ ।
दक्षिण एसियामा कोरोनाका कारण धेरै प्रभावित भएको भारतमा २७ हजार ८ सय ९० जना कोरोना संक्रमित हुँदा ८ सय ८१ ज्नाको ज्यान गएको छ ।