Aafno Khabar

आलाेचना र ट्राेल भइरहँदा आँचलकाे जवाफ

  • March 18, 2020 प्रकाशित

केही दिनअघिमात्र विवाह बन्धनमा बाँधिएकी नायिका आँचल शर्माकोे विवाह कार्यक्रमका विषयवस्तु लिएर भइरहेको टिकाटिप्पणीप्रति आँचलले सामाजिक सञ्जालमार्फत केही कुरा पाेखेकी छिन् ।

वैवाहिक कार्यक्रममा उनकाे पहिरन र हेलिकप्टरको प्रयोग सम्मको कुराले सामाजिक सञ्जालमा उनको आलोचना भइरहेका छन् ।

बजारमा सुनिएका र सामाजिक सञ्जालमा ट्रोल बनिरहँदा उनले सामाजिक सञ्जालमार्फत आफूले रोजेको मान्छे र आफूले चालेका हरेक कदम आफ्नो सपना अनुसार भएको दाबी गरेकी छिन् ।

उनले मनको कुरा राख्नुका साथै आफूहरूको ‘ड्रिम इभेन्ट’मा सहभागी हुने सबैप्रति धन्यवाद पनि दिएकी छिन् ।