Aafno Khabar

सुनकाे मूल्य ताेलामा हजार रुपैयाँ बढ्याे

  • March 18, 2020 प्रकाशित

काठमाण्डाै । सुनको मूल्य बुधबार तोलामा १ हजार रुपैयाँले बढेको छ ।

मंगलबार ७५ हजार ५०० रुपैयाँ ताेलामा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार ७६ हजार ५०० रुपैयाँ पुगेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै तेजावी सुन तोलामा ७६ हजार २०० रुपैयाँमा कारोबार भएको छ ।

यस्तै, चाँदीको मूल्य स्थिर छ । मंगलबार तोलामा ७१० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार पनि यही मूल्यमा कारोबार भइरहेकाे छ ।