Aafno Khabar

यी हुन् काेराेना भाइरस संक्रमणको प्रमुख तीन लक्षण

  • March 16, 2020 प्रकाशित

कोरोना भाइरस संक्रमणको कारण विश्वभर त्रासको अवस्था सिर्जना भएको छ । सामान्य रुघा खोकी लाग्दा पनि कोरोना नै हो कि भन्ने डर मानिसमा देखिएको छ ।

विश्वभर अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट ६ हजार भन्दा धेरै मानिसको मृत्यु भएको छ भने १ लाख ६२ हजार भन्दा धेरै संक्रमित छन् ।

कोरोना भाइरसको संक्रमणका केही विशेष लक्षणहरु रहेका छन् ती हुन् :

-ज्वरो आउनु र थकान महसुस हुनु

-लगातार खोकी लाग्नु

-स्वास प्रस्वासमा समस्या हुनु

विशेष गरी लगातार खोकी लाग्ने र उच्च ज्वरो आएमा सतर्कता अपनाउनु पर्ने चिकित्सकहरुकाे सझाव छ ।