Aafno Khabar

नेपाल र सिंगापुरबीचकाे खेल पीचका कारण प्रभावित

  • March 6, 2020 प्रकाशित

काठमाडौं । थाइल्याण्डमा भइरहेको एसीसी इस्टर्न रिजन टी–२० क्रिकेट प्रतियोगितामा नेपाल र सिंगापुरबीच शुक्रबार बिहान खेल हुने खेल प्रभावित भएकाे छ।

मैदान भिजेकाले समयमा तयार नहुँदा खेल प्रभावित भएकाे हाे । खेल स्थानीय समयअनुसार बिहान ९ः३० मा शुरु हुनुपर्ने थियो । सवा ११ बजेसम्म पनि मैदान तायार नभए खेल रद्द हुनेछ ।

प्रतियोगितामा सिंगापुरले लगातार तीन खेल जितेर शीर्ष दुईमा स्थान पक्का गर्दै एसिया कप क्वालिफायरमा समेत स्थान सुरक्षित गरिसकेको छ ।

उपाधि जित्ने लक्ष्य बनाएर थाइल्याण्ड गएको नेपाल भने शुरुवाती दुई खेलमा हार व्यहोरेपछि लक्ष्य पूरा गर्न असफल भएको छ ।