एसीसी पूर्वी क्षेत्रीय टी–२० क्रिकेटमा हङकङले नेपाललाई १ सय ५५ रनकाे लक्ष्य दिएकाे छ ।
टस हारेर पहिले ब्याटिङ गरेकाे हङकङले निर्धारित ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन बनायाे । हङकङका लागि निजाकत खानले सर्वाधिक ४८ रन बनाए । त्यस्तै अन्य ब्याट्सम्यानले औसत प्रदर्शन गरे ।
बलिङतर्फ नेपालका लागि सुशन भारी र सन्दीप लामिछानेले दुई–दुई विकेट लिए । त्यस्तै कुशल मल्लले एक विकेट लिए । याे खेलमा विकेटविहीन बनेका मुख्य बलर करण केसी केही महँगाे साबित भए । उनले तीन ओभरमा ३३ रन खर्चिए । त्यस्तै पारस खड्का र अभिनाश बाेहरा पनि विकेटविहीन बने ।
पहिलो खेलमा मलेसियासँग २२ रनले पराजित भएको नेपाललाई याे खेल जित्नैपर्ने दबाब छ । मलेसियाले दिएको एक सय ५५ रनको लक्ष्य पछ्याउँदा नेपाल एक ३२ रनमै रोकिएको थियो ।