Aafno Khabar

फ्राइडे रिलिज : प्रदर्शनमा ‘धुलो’

  • February 28, 2020 प्रकाशित

काठमाण्डौ – शुक्रबारदेखि फिल्म ‘धुलो’ प्रदर्शनमा आएको छ । काठमाडौँको सडक गल्लीमा ठेलागाडा–रिक्सा चलाएर जीवनयापन गर्ने मजदुरको जीवनशैली, सपना, संघर्ष र अवस्थाको विषयमा निर्माण भएको फिल्म प्रद्युम्न मिश्रले निर्देशन गरेका हुन् ।

चलचित्रमा बुद्धि तामाङ, अग्रज केसी, सृजना सुब्बा, प्रद्युम्न मिश्र, दामोदर गजुरेल, अमृता पाण्डे, बालकलाकार सुदीप कार्कीसँगै नीर शाह, सुशील पोखरेल तथा लक्ष्मी बर्देवाको अभिनय रहेको फिल्म हो ।

सिङ्गल रिलिजको अवसर पाएको यो फिल्मले देशभरका चलचित्र घर भने पाएको छैन । अघिल्लो साताबाट प्रदर्शनमा आएको फिल्म ‘आमा’ र ‘सेन्टिभाइरस’ले पनि केही चलचित्रघर अझै ओगटेका छन् ।