एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा साविक विजेता बार्सिलोनाले गेटाफेलाई पराजित गरेको छ ।शनिबार राति भएको खेलमा बार्सिलोनाले गेटाफेलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा बार्सिलोनाका लागि एन्टोनियो ग्रिजम्यान र सेर्गी रोबर्टोले एक एक गोल गरे । गेटाफेका एन्जल रोड्रिगेजले एक गोल फर्काए ।
खेलको ३३ औं मिनेटमा ग्रिजम्यानले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । ३९ औं मिनेटमा रोबर्टोले गोल गर्दा पहिलो हाफमा बार्सिलोना २-० ले अघि रह्यो । दोस्रो हाफको ६६ औं मिनेटमा रोड्रिगेजले एक गोल फर्काएपनि बार्सिलोनाले २-१ को जित हात पार्यो ।
जितसँगै बार्सिलोनाले शीर्ष स्थानको रियल मड्रिडसँगको अंक बराबरी गरेको छ । बार्सिलोनाले २४ खेलमा ५२ अंक जोडेको छ । बार्सिलोना दोस्रो स्थानमा रहेको छ । एक खेल कम खेलेको रियलको पनि ५२ अंक रहेको छ । लिगमा ४२ अंक जोडेको गेटाफे तेस्रो स्थानमा रहेको छ ।