Aafno Khabar

६० करोड कमाउँदा पनि फिल्म ‘छपाक’ फ्लप, तर किन ?

  • January 29, 2020 प्रकाशित

एजेन्सी । अभिनेत्री दीपिका पादुकोण स्टारर फिल्म ‘छपाक’ सिनेमा घरबाट लगभग उत्रिसकेको छ । १० जनवरीमा प्रदर्शनमा आएको यो फिल्म बक्सअफिसमा दुई हप्ता पनि टिक्न सकेन र फ्लप भयो ।

करीब ३५ करोडको बजेटमा बनेको फिल्मले बक्सअफिसमा मुश्किलले ३४ करोड ३ लाख कमाएको छ । तर, फिल्मले स्ट्रीमिङ राइट्स र म्यूजिक राइट्सबाट २६ करोड कमाएको छ ।

बक्सअफिस कलेक्सनसहित फिल्म ‘छपाक’ ले कूल ६० करोड ३ लाखको कमाई गरेको छ । यसका बावजूद पनि फिल्म कसरी फ्लप भयो त ?

यसबारेमा भारतीय अनलाइन बलिउड भाष्करले फिल्म डिस्ट्रीब्यूटर, ट्रेड एनालिस्ट र मल्टीप्लेक्स मालिक राज बन्सलसँग कुराकानी गरेको छ । उनका अनुसार, फिल्मको कूल कलेक्सनको बाँडफाँड हल मालिक र विततरकबीच हुन्छ ।

उनले भनेका छन्, ‘फिल्मको बक्सअफिस कमाई हल मालिक र वितरकले आधा आधा बाँडिन्छ । तर, फिल्म राम्रो चलेन भने ५२.५ प्रतिशत हल मालिकले पाउँछन् भने ४७.७ प्रतिशत वितरकलाई मिल्छ ।’ ‘छपाक’ को कमाई अपेक्षाकृत नभएका कारण ३४ करोड ३ लाखमा १८ करोड ३८ लाख हल मालिकले पाएका छन् । भने, वितरकको हातमा १६ करोड १६ लाख परेको छ ।