काठमाडाैं । ईरानको कुद्स फोर्सका प्रमुख कामिस सोलेमानीको बगदाद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको हवाई आक्रमणमा ज्यान गएको छ ।
यो आक्रमणको जिम्मा अमेरिकाले लिएको छ । यो आक्रमणमा कताइब हिजबुल्लाहका कमाण्डर अबू महदी अल– मुहान्दिसको पनि ज्यान गएको छ ।
अमेरिकी रक्षा विभागको तर्फबाट जारी गरिएको बयानमा भनिएको छ, ‘अमेरिकी राष्ट्रपतिको निर्देशनमा विदेशमा रहेका अमेरिकी सैन्यकर्मीको रक्षाको लागि कासिम सोलेमानीलाई मार्ने कदम उठाइएको हो । अमेरिकाले उनलाई आतङ्कवादी घोषित गरिसकेको थियो ।’