file photo
काठमाडौँ — हाल देशमा मुख्यतया स्थानीय वायुको प्रभाव सक्रिय रहेका कारण कोशी, मधेस, बागमती, गण्डकी लगायतका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदलीको अवस्था छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही पहाडी क्षेत्रहरूमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो देशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रहनुका साथै केही स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपात पनि हुन सक्ने अनुमान गरिएको छ।
राति पनि कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागहरूमा चट्याङ्गसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।
महाशाखाले चट्याङ्ग, वर्षा र हिमपातका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।