Aafno Khabar

नेप्से ११अंकले बढ्यो, ११ अर्बभन्दा बढीको कारोबार

  • आफ्नो खबर
  • February 23, 2025 प्रकाशित

काठमाडौं – आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.६६ अंकले वृद्धि भई ०.४२ प्रतिशतले उकालो लागेको छ, जसले सूचकांकलाई २७५५.४० विन्दुमा पुर्‍याएको छ। नेप्से बढेसँगै ११ अर्ब ५४ करोड ८३ लाख ३७ हजार रुपैयाँ बराबरको २ करोड १२ लाख ६ हजार ५ कित्ता शेयर कारोबार भएको छ।

कारोबारमा ३२८ वटा कम्पनी संलग्न भएका थिए, जसमा १ लाख ८ हजार ९१३ पटक कारोबार भएको हो। आजको वृद्धि क्रममा ९१ वटा कम्पनीको शेयर मूल्य बढेको छ, जबकि १४८ कम्पनीको मूल्य घटेको छ र ४ कम्पनीको मूल्य स्थिर रहेको छ।

१३ वटा समूहमध्ये ७ वटा समूहमा वृद्धि भएको छ भने ६ वटा समूहमा गिरावट आएको छ। सबैभन्दा धेरै अन्य समूह ३.७२ प्रतिशतले उकालो लागेको छ, जबकि म्युचुअल फण्ड समूह ०.०२ प्रतिशतले थोरै मात्र वृद्धि भएको छ। यता, सबैभन्दा बढी गिरावट ट्रेडिङ समूहमा १.३२ प्रतिशतको भएको छ, भने फाइनास समूह ०.४५ प्रतिशतले ओरालो लागेको छ।