काठमाडौं । सुदूरपश्चिम थातथलो भई संघीय राजधानीमा बसोबास गर्ने विभिन्न पेसा व्यवसायमा संलग्न व्यक्तिहरुद्वारा स्थापित सुदूरपश्चिम समाज कोटेश्वर काठमाडौंको १४ औ साधारण सभा शनिबार सम्पन्न भएको छ ।
सभाले १३ सदस्यीय नयाँ कार्य समिति समेत चयन गरेको छ । साधारण सभाको उदघाटन सत्रमा प्रमुख अतिथि नेपाल सरकारका परराष्ट्र मन्त्री माननिय एनपी साउदले सुदूरपश्चिम प्राकृतिक एवं सास्कृतिक हिसाबले सम्पन्न रहेको र यी सम्पदाहरुको दीगो परिचालन गरेर समृद्ध प्रदेश निर्माण गर्नमा सबै लाग्नु पर्ने बताएका छन ।
साथै समाजले अगामी दिनमा गर्नु पर्ने कार्यको बारेमा समेत मार्गनिर्देश गरेका छन् । सभामा निवर्तमान अध्यक्ष केशर बहादुर साउदद्वारा पेस भएको वार्षिक प्रगती प्रतिवेदन र कोषाध्यक्ष लोकराज भट्टद्वारा पेस भएको आर्थिक प्रतिवेदन पारित भएको छ ।
सभाको बन्दसत्रबाट लालबहादुर बोहराको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । यसै गरी उपाध्यक्षमा रामदत्त पन्त महिला उपाध्यक्षमा दुर्गा भण्डारी सचिवमा बखत बहादुर साउद साउद सचिवमा बिसन नाथ कोषाध्यक्षमा लोकराज भट्ट निर्वाचित भएका छन भने सदस्यहरुमा हर्क बहादुर भाट, खेम बोकटी, द्रुपता शाही, बृन्दा साउद, तिलक भट्ट,डिबि साउद र कमला सिंहं निर्वाचित भएका छन् ।
नव निर्वाचित अध्यक्ष बोहराले नयाँ कार्य समितिले क्यालेण्डर बनाएर सामाजिक कार्यमा संलग्न रहने र छिट्टै सुदूरपश्चिम दर्पण प्रकाशन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।