Aafno Khabar

सोमबार पनि घट्यो सुनको भाउ

  • आफ्नो खबर
  • July 24, 2023 प्रकाशित

सोमबार पनि नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ। अघिल्लो दिन अर्थात् आइतबार प्रतितोला पाँच सय रुपैयाँ घटेको सुनको भाउ आज प्रतितोला तीन सय रुपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार चार सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

आइतबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार सात सय ५० रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि घटेको छ।

आइतबार प्रतितोला १४ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला १४ सय ६० रुपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५ रुपैयाँ घटेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ६२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।