Aafno Khabar

सन्दीप लामिछाने भन्छन : कानुन मान्छु, निष्पक्ष छानबीन होस

  • आफ्नो खबर
  • September 9, 2022 प्रकाशित

काठमाडौं । बलात्कारको आरोप लागेका राष्ट्रिय टिमका निलम्बित कप्तान सन्दीप लामिछानेले नेपालको कानुन मान्ने र आफूमाथि लागेको अभियोगको सामना गर्ने बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा पोष्ट गर्दै लामिछानेले आफू क्यारेबियन प्रिमियर लिग (सीपीएल) छाडेर केही दिनमै नेपाल फर्किन लागेको पनि बताए । आफूमाथि लागेको आरोपको निष्पक्ष छानबिन हुने उनले विश्वास व्यक्त गरेका छन् ।

हाल क्यारेवियन प्रिमियर लिगका लागि जमैकामा रहेका सन्दीपविरुद्ध नाबालिग बलात्कार आरोपमा उजुरी परेको छ । पक्राउ पुर्जी नै जारी भएपछि नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार साँझ उनलाई राष्ट्रिय टिमबाट निलम्बन गरेको छ । त्यसअघि उनले क्यानलाई कानुनी सहायताका लागि आग्रह गरेका थिए ।