Aafno Khabar

सिरहामा दुई समूहबीच झडप, एकको ज्यान गयो

  • आफ्नो खबर
  • २०७८ पुष ४ गते १३:१९ प्रकाशित

सिरहा । सिरहामा दुई समूहबीच भएको झडपमा परी एक जनाको ज्यान गएको छ । गोलबजार नगरपालिका–६ मा गयराति दुई पक्षबीच छुरा हाना हान भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी सिरहाले जनाएको छ ।

झडपमा छुरा प्रहारबाट २६ वर्षीय रामकुमार सदाको ज्यान गएको अर्का एक जना घाइते भएका छन्। सदाको उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

घाइते निकेश सदाको मेडिकेयर अस्पतालमा उपचार भइरहेको छ । दुई पक्षका ६–७ जनाबीच झडप भएको प्रहरीले जनाएको छ। उनीहरू अहिले फरार छन्।

प्रहरीले घटनामा संलग्नको खोजी गरिरहेको छ। घटनाको कारण खुलिनसकेको प्रहरीले जनाएको छ।