Aafno Khabar
babasaik siksa

लोक सेवा आयोगले माग्यो २८४ शाखा अधिकृत (विज्ञापनसहित)

  • आफ्नो खबर
  • २०७८ मंसिर २९ गते ०९:०७ प्रकाशित

काठमाडौं । लोकसेवा आयोगले राजपत्रांकित तृतीय श्रेणी (शाखा अधिकृत) लागि दरखास्त आह्वान गरेको छ ।

आयोगले सामान्य प्रशासन, राजश्व, लेखा, लेखा परीक्षण, परराष्ट्र, न्याय, कानुन र सरकारी वकिलका लागि खुल्ला र ज्येष्ठता गरी २८४ सिटका लागि विज्ञापन खोलेको हो ।

२० पुस नियमित शुल्कमा र २७ पुससम्म विलम्ब शुल्क तिरेर दरखास्त दिन सकिने आयोगले जनाएको छ ।