Aafno Khabar

यी पाँच जिल्ला भए काेभिड–१९ फ्री, उपत्यका अझै रेड जाेनमा

  • आफ्नो खबर
  • November 17, 2021 प्रकाशित

काठमाडौं । कोभिड-१९ का सक्रिय संक्रमितको संख्या शून्य भएपछि नेपालका पाँच जिल्ला ‘कोभिड फ्री’ भएका छन् ।

शून्य सक्रिय संक्रमित हुनेमा हुम्ला, डोल्पा, जाजरकोट, मनाङ र ओखलढुंगा रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार काठमाडौं र ललितपुरमा सक्रिय संक्रमित पाँचसयभन्दा बढी रहेको छ । यी जिल्लालाई संक्रमणको जोखिमका हिसाबले रेड जोनमा राखिएको छ ।

त्यस्तै झापा, मोरङ, सुनसरी, धनुषा,भक्तपुर, कास्की नवलपरासी पूर्व, रुपन्देही बाँके र कैलालीमा सक्रिय संक्रमितको संख्या दुई सयदेखि पाँचसयसम्म रहेको छ ।

यीबाहेक अन्य जिल्लामा दुईसयभन्दा कम सक्रिय संक्रमित रहेका छन् । बुधबारसम्म नेपालमा कोभिड-१९ का सक्रिय संक्रमितको संख्या ७ हजार ६३६ रहेको छ ।