Aafno Khabar

गायक ध्रुव बिस्कोको गीत ‘रेलै चढी जाउँ’ बजारमा

  • आफ्नो खबर
  • २०७८ कार्तिक २९ गते १२:१७ प्रकाशित

काठमाडौँ । गायक ध्रुव बिस्कोको नयाँ गीत सार्वजनिक भएको छ । “रेलै चढी जाउँ” बोलको गीत केही समय अघि मात्र बजारमा सार्वजनिक गरिएको हो । बजारमा थुप्रै हिट गित दिन सफल गायक बिस्कोको यस गीतले पनि बजार तताउने अपेक्षा गरिएको छ ।

गायक बिस्को पछिल्लो एक दशक यता सक्रीय एवं लोकप्रिय गायक हुन् । बजारमा आएका काग दाजै,टपरीमा भात, राइफलको सिरानी, व्युटि पार्लर,सिल्की कपाल लगायतका थुप्रै गीतहरु उनका हिट नम्बर मानिन्छन् ।

भर्खरै बजारमा आएको उनको पछिल्लो गीत “रेलै चढी जाउँ” गायक बिस्कोले अपेक्षा गरेको गीतसमेत हो । गीतमा शब्द शारिका घिमिरेको रहेको छ भने लय तथा स्वर गायक बिस्कोकै रहेको छ । महिला आवाजमा उनलाई गायिका अनु चौधरीले आफ्नो सुमधुर स्वरमार्फत् साथ दिएकी छन् ।

गीतको भिडियोमा बलराम परियार, सायना श्रेष्ठ र जेरी भण्डारीको अभिनय रहेको छ । भिडियो निर्देशन भने सुरेन्द्र मल्ल ठकुरीले गरेका छन् । गीत दिया प्रोडक्सन युट्यूब च्यानलमार्फत हेर्न सकिन्छ ।