Aafno Khabar

जनतलाई झुक्याएर एमसीसी सम्झौता संसदबाट अनुमोदन गराउने षडयन्त्र भयाे : भीम रावल

  • आफ्नो खबर
  • September 9, 2021 प्रकाशित

काठमाडौं । नेकपा एमाले नेता भीम रावलले जनतलाई झुक्याएर एमसीसी सम्झौता संसदबाट अनुमोदन गराउने षडयन्त्र भएको दाबी गरेका छन् । एमसीसी परियोजनाबाट नेपाल सरकारको प्रश्न र मुख्यालयले पठाएको जवाफ जनतालाई झुक्याउने षड्यन्त्रको उपज मात्रै भएको उनको भनाइ छ ।

एमसीसीको मुख्यालयले एमसीसी परियोजना नेपालको संविधान र सार्वभौमिकताभन्दा माथि नरहेको तथा सम्झौता भइसकेको परियोजना संसोधन पनि हुन नसक्ने जवाफ पठाएको केहीबेरपछि रावलले सामाजिक सञ्चालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।

‘नेपाल सरकारले एमसीसीलाई र एमसीसीले अर्थमन्त्रीलाई पठाएका पत्रहरू पढियो । यी दुबै पत्रहरू जनतालाई झुक्याएर सम्झौता संसदबाट अनुमोदन गराउने षडयन्त्रकै उपज हुन् ।यी दुबै पत्रले नेपालको सार्वभौमिकता,स्वाधीनता, सुरक्षा, हित, संविधान र कानून विपरीत सम्झौतामा रहेका प्रावधानलाई संशोधन गर्दैन’, रावलले ट्वीटरमा भनेका छन् ।