Aafno Khabar

मानुषी लघुवित्तले ४ लाख कित्ता आईपीओ निष्कासन गर्ने

  • आफ्नो खबर
  • July 27, 2021 प्रकाशित

काठमाडौं । शेयर बजारमा फेरी अर्को लघुवित्तको आईपीओ आउने भएको छ । साउन २७ गतेदेखि मानुषी लघुवितत्त वित्तीय संस्था लिमिटेडले आईपीओ बिक्री गर्न लागेको हो ।

कम्पनीले ३ लाख ९३ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासन गर्न लागेको जनाएको छ । कुल मध्ये पाँच हजार ४६९ कित्ता लघुवित्तको कर्मचारी, १९ हजार ६८८ कित्ता सामुहिक लगानी कोष र बाँकी रहेको ३ लाख ६८ हजार ५९३ कित्ता सर्वसाधारणको लागि निष्कासन गरिनेछ ।

आईपीओमा साउन २७ गतेदेखि ३१ गतेसम्म आवेदन गर्न सक्नेछन् । उक्त अवधिमा आईपीओ बिक्री नभए भदौ ९ गतेसम्म आवेदन दिन पाइनेछ ।

लगानीकर्ताले न्यूनतम १० देखि बढीमा १ हजार कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् ।

लघुवित्तको आईपीओ बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ । हाल कम्पनीको चुक्ता पुँजी सात करोड रहेको छ । आईपीओ बाँडफाँटपछि पुँजी १० करोड ९३ लाख पुग्नेछ ।