Aafno Khabar

घट्यो पेट्रोलियम पदार्थको मूल्य

  • आफ्नो खबर
  • २०७८ असार ३० गते २२:२० प्रकाशित

काठमाडौं । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल तथा डिजेल/मट्टीतेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर एक रुपैयाँ मूल्य घटाएको हो ।

अब पेट्रोल प्रतिलिटर १२८ र डिजे तथा मटितेलको मूल्य १११ रुपैयाँ कायम गरिएको छ ।

मूल्यवृद्धिको विषयलाई लिएर आन्दोलनरत संयुक्त विद्यार्थी संगठनसँगको वार्तापछि मूल्य घटाइएको हो । नेपाल विद्यार्थी संघ, अनेरास्ववियु क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैठौं मूल्यवृद्धि विरुद्ध आन्दोलित छन् ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर बढिरहेको र निगमको लागत बढी रहेकोले निगमको आर्थिक स्थिति उकास्न पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्नुपर्ने बाध्यतालाई सबै पक्षले बुझ्न पर्ने पनि निगमले जनाएको छ । निगमले अब आन्दोलन रोक्न पनि आग्रह गरको छ ।