Aafno Khabar

बालुवाटार जग्गा प्रकरण : विजयकुमार गच्छदार १० लाख धराैटीमा रिहा

  • आफ्नो खबर
  • २०७८ असार ३० गते १८:४८ प्रकाशित

काठमाडौं । ललिता निवास प्रकरणमा मुछिएका पूर्व मन्त्री तथा कांग्रेस उपाध्यक्ष विजयकुमार गच्छदारलाई १० लाख रुपैयाँ धरौटीमा छाड्न विषेश अदालतले आदेश दिएको छ ।

विशेष अदालतले बुधबार थुनछेक बहसपछि गच्छदारलाई १० लाख रुपैयाँ धरौटी बुझाउन आदेश दिएको हाे ।

ललिता निवासको ११३ रोपनी सरकारी जग्गा व्यक्तिको बनाएकाे र भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा २०७६ माघ २२ गते गच्छदारसहित १७५ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो ।

गत वर्ष फागुनमा विशेष अदालतले १५ दिनभित्र अदालत उपस्थित हुनु भनी म्याद पठाएपछि गच्छदार फरार भएका थिए । लामो समयदेखि फरार रहेका गच्छदार नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनेको भोलिपल्ट बुधबार विषेश अदालतमा हाजिर भएका थिए । ।

गच्छदारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ करोड ६५ लाख ७६ हजार रुपैयाँ बिगो मागदाबी गरी विशेष अदालतमा मुद्दा दायर गरेको थियो । अख्तियारले मुद्दा दायर गरेपछि गच्छदारको प्रतिनिधि सभा सदस्य पद निलम्बनमा परेको थियो ।