Aafno Khabar

मनकामना स्मार्ट लघुवित्तको आईपीओ बाँडफाँड

  • आफ्नो खबर
  • २०७८ असार २८ गते ११:२२ प्रकाशित

काठमाडाैं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलले साेमबार शेयर बाँडफाँड गरेकाे हाे ।

लघुवित्तको आईपीओमा कुल १९ लाख ५४ हजार २७४ आवेदकले २ करोड ५१ लाख ३३ हजार २९० कित्ताका लागि आवेदन दिएका थिए । जसमा ३६ हजार ३४९ जनाले लघुवित्तको शेयर प्राप्त गरेका छन् । २ जनाले ११ कित्ता शेयर प्राप्त गरेका छन् ।

२ हजार ७५३ आवेदकको ३७ हजार ९२० कित्ताका लागि दिइएको आवेदन रद्द भएको छ ।

लघुवित्तले असार १७ गतेदेखि प्रतिकित्ता १०० अंकित मूल्यका ३ लाख ८९ हजार कित्ता साधारण शेयर निष्काशन गरेकाे थियाे ।

लघुवित्तले ६ हजार ५८ कित्ता अर्थात जारी पूँजीको ०.५ प्रतिशत शेयर कर्मचारीहरुका लागि र कुल निष्काशनको ५ प्रतिशत अर्थात १९ हजार ४५० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ । बाँकी ३ लाख ६३ हजार ४९२ कित्ता सर्वसाधारणलाई वितरण गरिएको हो ।