Aafno Khabar

अर्जेन्टिना कोपा अमेरिका फुटबलको फाइनलमा, काेलम्बिया स्तब्ध

  • आफ्नो खबर
  • July 7, 2021 प्रकाशित

काठमाडाैं । अर्जेन्टिना कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलकाे खेलमा काेलम्बियामाथि अर्जेन्टिनाले जित निकालेकाे हाे ।

बुधबार बिहान भएकाे खेलमा कोलम्बियालाई अर्जेन्टिनाले टाइब्रेकरमा हराएर अर्जेन्टिना फाइनलमा गएकाे हाे । निर्धारित ९० मिनेटकाे खेल १– १ काे बराबरीमा सकिएकाे थियाे ।

अर्जेन्टिनाले सुरुवाती अग्रता लिएकाे थियाे । खेलकाे साताैँ मिनेटमा अर्जेन्टिनाले लौटारो मार्टिनेजले गाेल गरेका थिए । लियोनल मेस्सीले डिबक्सभित्र उपलब्ध गराएको पासमा मार्टिनेजले गोल गर्न सफल बने ।

दोस्रो हाफमा लुइस डियाजको गोलमार्फत कोलम्बिया खेलमा फर्किएको थियो । ६१ औँ मिनेटमा लुइस डिआजले कोलम्बियाका लागि बराबरी गोल गरे ।

निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि निर्णय टाइब्रेकरबाट गरिएको थियो । जसमा अर्जेन्टिनाले ३–२ ले जित हासिल गर्न सफल बन्याे ।

पेनाल्टी सुटआउटमा अर्जेन्टिनाका लागि लियोनल मेस्सी, लौटारो मार्टिनेज र लियनार्दो डेनियल पेरेडेसले गोल गरे । अर्जेन्टिनाका रोड्रिगो डी पाउलको टाइब्रेकरमा गोल गर्न चुकेका थिए । अर्जेन्टिनाले उपाधिका लागि अब ब्राजिलसँग खेल्नेछ ।