काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले बाँकी ७ मन्त्रालयमा बिहीवार मन्त्री थप गर्ने तयारी गरेका छन् ।
बालुवाटार स्राेतका अनुसार गृहमन्त्रीमा खगराज अधिकारी नियुक्त हुँदैछन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा नैनकला थापा नियुक्तिकाे तयारी भइरहेकाे छ ।
सात मन्त्रीको आजै ४ बजे शपथ गराउने तयारी भइरहेकाे पनि स्राेतले बताएकाे छ ।
यी हुन् चर्चामा रहेका मन्त्री :
१. नारदमुनी राना, वनमन्त्री
२. मोहन वानियाँ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
३. खगराज अधिकारी, गृहमन्त्री
४. नैनकला थापा, संचारमन्त्री
५. ज्वालाकुमारी साह, कृषिमन्त्री
६. . राजकिशोर यादव, उद्योगमन्त्री
७. गणेश पहाडी, सामान्य प्रशासनमन्त्री
८. आशा विक, वनराज्यमन्त्री