Aafno Khabar

मिया खलिफाको ‘टिकटक’ अकाउन्टमा प्रतिबन्ध

  • आफ्नो खबर
  • २०७८ जेष्ठ १३ गते १४:०८ प्रकाशित

 

काठमाडाैं । पाकिस्तान सरकारले मिया खलिफाको ‘टिकटक’ अकाउन्टमा प्रतिबन्ध लगाएकाे छ । पाकिस्तानको टेलिकम्युनिकेशन आथोरिटी (पीटीए)ले सोसल मिडियामा कन्टेन्ट सेन्सर गर्ने नयाँ नियम निकालेर खलिफाको टिकटक अकाउन्टमा प्रतिबन्ध लागएकाे हाे ।

पीटीएले पाकिस्तानमा मिया खलिफाको टिकटक अकाउन्ट ब्यान गर्नुको कारण आधिकारिक रुपमा बताएको भने छैन । पाकिस्तानमा मिया खलिफाको कन्टेन्ट प्रतिबन्ध भएपछि ट्वीटरमार्फत् पाकिस्तानी फ्यानहरुले पीटीएको चर्को आलोचना गरिरहेका छन् ।

यद्यपी लेबनान मुलकी मिया खलिफाले पाकिस्तानी फ्यानहरुका लागि आफ्नो सम्पूर्ण कन्टेन्ट ट्वीटरमा पोष्ट गर्ने बताएकी छन् । उनले भनेकी छन्, ‘मेरो पाकिस्तानी फ्यानहरुको लागि मैले सम्पूर्ण टिकटकहरु ट्वीटरमा रि–पोष्ट गर्नेछु ।’