Aafno Khabar

कमल थापाकाे प्रश्न : संविधानको धारा ७६(५)ले सांसदहरूलाई निर्दलीय बन्न छुट दिएको हो ?

  • आफ्नो खबर
  • May 23, 2021 प्रकाशित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले संविधानको धारा ७६(५)ले सांसदहरूलाई निर्दलीय बन्न छुट दिएको हो ? भनी प्रश्न उठाएका छन् ।

एमालेको माधव नेपाल समूहले फ्लोर क्रस गरेर विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा दाबीका लागि हस्ताक्षर गरेको थियो । यसतर्फ संकेत गर्दै थापाले सामाजिक सञ्जालमार्फत संविधानकाे प्रावधानमाथि प्रश्न गरेका छन्, ‘के संविधानको धारा ७६(५)ले सांसदहरूलाई निर्दलीय बन्न छुट दिएको हो ?दलीय अनुशासन विपरित जाने स्वतन्त्रता दिएको हो ?’

आफ्नो बहुमत राष्ट्रपतिले मान्यता नदिएर प्रतिनिधिसभा विघटन गरेको भनी विपक्षी दलहरु अदालत जाने तयारीमा छन् । यही अवस्थामा थापाले यस्ताे प्रश्न गरेका हुन् ।

थापाले यो मान्यता स्वीकार गरेमा दल फुटाउने र सांसद किनबेच गर्ने काम वैधानिक हुने तर्कसमेत गरेका छन् ।

संसद विघटन असंवैधानिक भएकाे भनी केहीले विराेध गरिरहेकाे भए पनि थापाले भने चुनावकाे स्वागत गरिसकेका छन् ।

सम्बन्धित शीर्षकहरु