Aafno Khabar

काेराेना महामारीबीच अमेरिकामा फेला पर्‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍याे फेरि अर्काे संक्रमण

  • आफ्नो खबर
  • २०७८ जेष्ठ ९ गते ०९:२९ प्रकाशित

काठमाडौं । कोरोना महामारीका बीच अमेरिकामा फेरि अर्को संक्रमण फेला परेकाे छ । संयुक्त राज्य अमेरिकाको ४३ राज्यमा १६३ जना बिरामीमा साल्माेनाेलाकाे संक्रमण देखिएकाे हाे ।

साल्माेनाेलाकाे संक्रमण देखिएपछि अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) र जनस्वास्थ्य अधिकारीहरूले याे प्रकोपको बारेमा अनुसन्धान सुरु गरेकाे बीबीसीले उल्लेख गरेकाे छ ।

सीडीसीले साल्मोनेलाको बढ्दो प्रकोपका कारण कुखुराबाट टाढा रहन मानिसहरुलाई निर्देशनसमेत दिएकाे छ । याे संक्रमण कुखुराबाट फैलिने विज्ञहरुले बताएका छन् । विज्ञहरुले सकेसम्म कुखुराकाे वरपर नबस्न सुझाव दिएका छन् ।

कुखुराहरू स्वस्थ र सफा भए पनि तिनीहरू यस कीटाणुका वाहक हुन सक्ने विज्ञहरुकाे भनाइ छ । यसको कीटाणु सजिलैसँग जहाँ जहाँ कुखुरा छन् ती ठाउँहरूमा फैलिन सक्छन् ।

साल्मोनेला जीवाणु संक्रमणको एक प्रकार हो जसले ज्वरो, पखाला, कोलिक र बान्ता निम्त्याउन सक्छ । अवस्था गम्भीर भएकाे खण्डमा मानिसकाे ज्यान समेत जाने खतरा रहन्छ ।