Aafno Khabar

कति छ आज सुनचाँदीकाे मूल्य ?

  • आफ्नो खबर
  • May 20, 2021 प्रकाशित

काठमाडाैं । बिहीबार सुनकाे मूल्यमा सामान्य वृद्धि भएकाे छ ।

बुधबारकाे तुलनामा छापावाल सुन ४ सयले बढेर प्रति तोला ९३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार छापावाल सुन प्रति तोला ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

बिहीबार तेजाबी सुन पनि महंगाे भएकाे छ । बुधबार प्रति ताेला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन बिहीबार ९३ हजार २ सयमा काराेबार भइरहेकाे छ । चाँदी भने १० रुपैयाँ घटेर १ हजार ३६० मा काराेबार भइरहेकाे महासंघले जनाएकाे छ ।