Aafno Khabar

पिएसजीले जित्याे कोपा डि फ्रान्सको उपाधि

  • आफ्नो खबर
  • २०७८ जेष्ठ ६ गते १०:५३ प्रकाशित

काठमाडाैं । काेपा डि फ्रान्सकाे उपाधि पिएसजीले जितेकाे छ । माेनाेकाेमाथि २-० काे जित निकालेर पिएसजीले उपाधि हात पारेकाे हाे ।

बुधबार भएकाे फाइनल खेलमा पिएसजीका लागि इकार्डी र एमबाप्पेले एक-एक गोल गरे । इकार्डीले १९ औँ मिनेटमा पहिलाे गोल गरेका थिए भने दोस्रो हाफमा एमबाप्पेले एक गोल थपे ।

फ्रेन्च कपको सर्वाधिक सफल पीएसजीले १४ औँ पटक उपाधि जित्न सफल भएको हो । पीएसजीले सन् १९८२, १९८३, १९९३, १९९५, १९९८, २००४, २००६, २०१०, २०१५, २०१६, २०१७, २०१८ र २०२० मा उपाधि जित्न सफल भएको थियो । १९८५, २००३, २००८, २०११ र २०१९ मा उपविजेता बनेको थियो ।

यतिबेला अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा यही सिजनमा एमबाप्पेले क्लब छाड्ने खबरहरु पनि आइरहेका छन् । तर फाइनल खेलपछिकाे प्रतिक्रियामा पिएसजीका फुलब्याक एलेस्यान्द्रो फ्लोरेन्जीले एमबाप्पे क्लबमै बस्ने आशा व्यक्त गरेका छन् ।