Aafno Khabar

सुनचाँदीकाे मूल्य बढ्याे, कतिमा भइरहेकाे छ काराेबार ?

  • आफ्नो खबर
  • May 18, 2021 प्रकाशित

काठमाडाैं । नेपाली बजारमा सुनचाँदीको मूल्य निरन्तर बढिरहेकाे छ । आइतबारदेखि निरन्तर उकालो लाग्न थालेको सुनचाँदीको मूल्य मंगलबार पनि बढेकाे हाे ।

मंगलबार सुन प्रतितोला ६०० रुपैयाँले बढेर ९३ हजार ४०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । त्यस्तै, तेजाबी सुन प्रतितोला ९२ हजार ९०० रुपैयाँ कामय भएको छ ।

मंगलबार चाँदीकाे मूल्य पनि बढेकाे छ । महासंघका अनुसार मंगलबार चाँदी प्रतितोला ३५ रुपैयाँले वृद्धि भएर एक हजार ३९० रुपैयाँमा काराेबार भइरहेकाे छ ।