Aafno Khabar

काेराेना महामारीबीच बढ्याे पेट्राेलियम पदार्थकाे मूल्य

  • आफ्नो खबर
  • २०७८ जेष्ठ २ गते २२:४४ प्रकाशित

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनमा प्रतिलिटर २/२ रुपैयाँ मूल्यवृद्धि गरेको छ ।

निगमका अनुसार आइतबार राति १२ बजेपछि काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १२३ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १०६ र आन्तरिक हवाइ इन्धनको मूल्य प्रतिलिटर ७८ कायम गरेकाे हाे ।

आयल निगमले एलपी ग्यास र अन्तर्राष्ट्रिय हवाइ उडानको इन्धनको मूल्य भने बढाएको छैन ।

कोरोना महामारीमा नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हाे । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको जिकिर गरी मूल्य बढाइएको हो ।