रुपन्देही । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य अमरबहादुर डाँगी क्षेत्रीले राजीनामा दिएका छन् । उनले बुधबार प्रदेशसभाका सभामुखलाई राजीनामा पत्र बुझाएका हुन् ।
नेकपा एमालेको तर्फबाट दाङको निर्वाचन क्षेत्र नं. २ (ख) बाट लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित डाँगीले पदबाट राजीनामा दिएका छन्।
डाँगीले मुख्यमन्त्री शंकर पोखरेलको साथ छोडेर नेकपा माओवादी केन्द्रको उम्मेदवारको पक्षमा उभिएको भन्दै मंगलबार समाचार सार्वजनिक भएको थियो।
बुधबार प्रदेशसभा सचिवालयमा आएर उनले राजीनामा बुझाएको प्रदेशसभा सचिवालयले जनाएको छ।