Aafno Khabar

यो सिजनको आईपीएल निलम्बन

  • आफ्नो खबर
  • २०७८ बैशाख २१ गते १३:५६ प्रकाशित

काठमाडौं । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले आईपीएल २०२१ लाई निलम्बन गरेको छ । कोरोना भाइरस संक्रमण बढेपछि बीसीसीआईले आईपीएल निलम्बन गरेको हो ।

बीसीसीआईका उपाध्यक्ष राजीव शुक्लले यो सिजनका लागि आईपीएल निलम्बन गरेको बताएका छन् । बीसीसीआईको यो निर्णयसँगै अब आइपीएलका कुनै पनि खेल हुने छैनन् ।