काठमाडाैं । भारतमा पछिल्लाे २४ घण्टामा तीन लाख ५७ हजार २ सय २९ नयाँ कोभिड १९ का संक्रमित भेटिएका छन् । यस अवधिमा ३ हजार ४ सय ४९ जना संक्रमितको मृत्यु भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।
अहिलेसम्म भारतमा २ करोड २ लाख ८२ हजार ८ सय ३३ जनामा कोभिड १९ को संक्रमण रेकर्ड भएको छ । यीमध्ये १ करोड ६६ लाख १३ हजार २ सय ९२ जना निको भइसकेका छन् ।
भारतमा कोरोना भाइरस संक्रमित हुनेमध्ये २ लाख २२ हजार ४ सय ८ जनाको मृत्यु भएको छ । अहिले ३४ लाख ४७ हजार १ सय ३३ जना सक्रिय संक्रमित रहेका छन् ।